April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन गायिका एलिना चौहान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १३:३२
वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन गायिका एलिना चौहान

‘धोकेबाज हौ तिमी’ गीतबाट चर्चामा आएकी गायिका एलिना चौहान आगामी वैशाख ५ गते विवाह गर्दैछिन्।

उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्। एलिना आफैंले आफू अहिले निम्तो बाँड्ने र विवाहको अन्य काममा व्यस्त रहेको बताएकी छिन्। केही समयअघि एलिनाले सामाजिक सञ्जालमा प्रेमी विष्णुसँगको तस्बिर राख्दै लेखेकी थिइन्, ‘तिमीलाई सोचेर मेरा विपनाहरू बित्छन्। तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ। तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु।’ यसैबीच, गत माघमा उनको ब्रेकअप भएको खबर सार्वजनिक भयो। लगत्तै उनी आफैंले विष्णुसँग ब्रेकअप भएको स्विकार गरिन्। अहिले फेरि उनै विष्णुसँग एलिनाको विवाह हुने कुराले उनका समर्थकहरूलाई आश्चर्य गराइदिएको छ। दुई महिनामै कसरी पग्लिइन् एलिना भन्ने प्रश्न जन्माइदिएको छ। स्रोतका अनुसार ब्रेकअपको खबर सार्वजनिक भएपछि विष्णुले एलिनासँग माफी मागेका थिए। त्यसअघि नै उनीहरूको पारिवारिक सहमति विवाह नजिक थियो। त्यसैकारण पनि विष्णुको माफीपछि एलिनाको मन पुन: पग्लिएको बताइन्छ। यद्यपि एकथरीले भने गीत ‘कट्टा हान्दिन्छु’ चलाउने फन्डाको लागि पनि उनले ब्रेकअपको खबर सार्वजनिक गरेको बताउने गर्छन्। हुन त सेलिब्रेटीहरू आफ्ना सामग्रीहरू पस्किन अनेक फन्डा नगर्ने पनि होइनन्। त्यसैले पनि उनको त्यो फन्डा थिएन भन्न पनि सकिँदैन। एलिनाले विवाह गर्न लागेका गीतकार समेत रहेका विष्णु बागलुङ निवासी हुन्। उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। एलिनाको स्थायी घर झापा हो।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट