काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा भारतसँगकाे खेलमा नेपालले लज्जास्पद ब्याटिङ गरेकाे छ ।
दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयाे ।
नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बाेहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बाेहरा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । बलिङतर्फ भारतका राज लिम्बानीले ६ विकेट लिए ।