May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अब हेलिकोप्टर उडाउन पाइने

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:१९
अब हेलिकोप्टर उडाउन पाइने
  • हेलिकोप्टर उडानको प्रतिबन्ध हट्यो 
  • माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरियो सुरक्षाको कारणले 
  • मौसम सफा नभएको अवस्थामा उडान गर्न पाइँदैन
  • अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति रहेको 

काठमाडौं ।।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले गएको असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको हो । यो अवधिमा विशेष प्रकृतिको हेलिकोप्टर उडानमा समेत प्रतिबन्ध लगाइयो । हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले उडानमा कडाइ गरेको थियो ।

मनसुन सकिएसँगै प्रतिबन्ध हटाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार उडान हुनुअघि ‘फ्लाइट रुट’ सफा हुनुपर्ने छ । “मनसुन सकिएसँगै प्रतिबन्ध हटाइएको हो । तर, उडान गर्नुअघि पाइलटले इनरुट मौसमको बारेमा जानकारी लिनुपर्ने हुन्छ,” निरौलाले भने “इनरुटमा भिजिबिलिटी कम भए वा मौसम सफा नभएको अवस्थामा उडान गर्न पाइँदैन ।”

कर्णालीको सम्पूर्ण र लुम्बिनीको अधिकांश भू-भाग तथा गण्डकी प्रदेशको पश्चिम भू-भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ ।गण्डकी प्रदेशकै पूर्वी भू-भाग र वाग्मती, मधेस र कोसी प्रदेशमा अझै मनसुन सक्रिय छ । अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।