May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

विमानस्थलमा यात्रुलाई अमर्यादित व्यवहार नगर्न गृहमन्त्री लामिछानेको आग्रह

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:१४
विमानस्थलमा यात्रुलाई अमर्यादित व्यवहार नगर्न गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् ।

उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट परिवर्तनको अनुभूति गराउन समेत अनुरोध गरे । ‘विदेशीका लागि अध्यायमन देशको मुहार हो,’ उनले भने, ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’

उनले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा पनि जोड दिए । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती भएता पनि प्रयास जारी राख्नुपर्ने उनको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट