sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ?

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३४
को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ?

काठमाडौँ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का दावा शेर्पाले गत साता मलेसियाको दमनसरास्थित एट्रिया सपिङ मलमा ड्युटी गर्दागर्दै एउटा सुटकेस भेटे । त्यो सुर्केसभित्र थियो, ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट । उनले गत बुधबार सो नगदसहितको सुटकेस फेला पारेपछि प्रहरीलाई बुझाए ।

भेटेको पैसासहितको सुटकेस प्रहरीलाई इमानदारीपूर्वक बुझाएपछि उनलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ । मंगलबार रोजगारदाता कम्पनीका मालिकसहित दूतावासमा बोलाएर मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले शेर्पाको सम्मान गरेका हुन् । शेर्पाको यस इमानदारिताका कारण उनलाई यतिबेला सम्मान थाप्न भ्याइनभ्याइ छ । विगत ४ वर्षदेखि मलेसियाको ‘ए फाइभ सेक्युरिटी सर्भिस’मा कार्यरत रहेका शेर्पालाई सम्मान थाप्न भ्याइनभ्याइ भएको हो ।

‘म ए फाइभ सेक्युरिटी सर्भिस कम्पनीमा सेक्युरिटी सुपरभाइजरमा कार्यरत छु, बिहान ड्युटीका क्रममा पेट्रोलिङ जाँदा कर पार्किङ एरियामा एउटा सुटकेस देखें,’ शेर्पाले राजधानीसँग भने, ‘त्यो सुटकेस देखेर यताउता कोही आउँछ कि भनेर ५–७ मिनेट पर्खिएँ, त्यसपछि कोही पनि नआएपछि त्यो सुटकेस खोलेर हेरें, भित्र पैसैपैसा देखेपछि कम्पनी प्रशासन र प्रहरीलाई एकैसाथ खबर गरें ।’ त्यस सुटकेसभित्र ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट पो रहेको आफूलाई पछि थाहा भएको शेर्पाले बताए ।

शेर्पाले आफ्नो पेसागत निष्ठा तथा व्यावसायिकता प्रमाणित गरेको भन्दै उनको इमानदारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ । उनको यो इमानदारी तथा व्यावसायिकताले सारा नेपाल र नेपालीको शिर उच्च बनाएको दूतावासले जनाएको छ । केही दिनअघि मात्र उनलाई कम्पनीका निर्देशक सिंह जसवंतले उपहारसहित अवार्ड प्रदान गरेका थिए ।

अवार्ड प्रदान गर्दै कम्पनीका निर्देशक सिंह जसवंतले भने, ‘हाम्रो कम्पनीप्रतिको शेर्पाको वफादारी र इमानदारीको साँच्चै प्रशंसा गर्छौं ।’ यस घटनाले नेपाली कामदार इमानदार हुन्छन् भन्ने उदारणसमेत दिएको रोजगारदाता कम्पनीले जनाएको छ ।

ए फाइभ सेक्युरिटी सर्भिसमा काम गर्दै आएका उनले आफूले आफ्नो काम र जिम्मेवारी पूरा गरेको बताए । उनलाई देश विदेशबाट सम्मान गर्नुका साथै सम्मान थाप्न भ्याइनभ्याइ छ । उनी मलेसियाका विभिन्न सञ्चारमाध्यमको नजरमा परेका छन् भने सामाजिक सञ्जालभरी छाएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid