May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ?

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३४
को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ?

काठमाडौँ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का दावा शेर्पाले गत साता मलेसियाको दमनसरास्थित एट्रिया सपिङ मलमा ड्युटी गर्दागर्दै एउटा सुटकेस भेटे । त्यो सुर्केसभित्र थियो, ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट । उनले गत बुधबार सो नगदसहितको सुटकेस फेला पारेपछि प्रहरीलाई बुझाए ।

भेटेको पैसासहितको सुटकेस प्रहरीलाई इमानदारीपूर्वक बुझाएपछि उनलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ । मंगलबार रोजगारदाता कम्पनीका मालिकसहित दूतावासमा बोलाएर मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले शेर्पाको सम्मान गरेका हुन् । शेर्पाको यस इमानदारिताका कारण उनलाई यतिबेला सम्मान थाप्न भ्याइनभ्याइ छ । विगत ४ वर्षदेखि मलेसियाको ‘ए फाइभ सेक्युरिटी सर्भिस’मा कार्यरत रहेका शेर्पालाई सम्मान थाप्न भ्याइनभ्याइ भएको हो ।

‘म ए फाइभ सेक्युरिटी सर्भिस कम्पनीमा सेक्युरिटी सुपरभाइजरमा कार्यरत छु, बिहान ड्युटीका क्रममा पेट्रोलिङ जाँदा कर पार्किङ एरियामा एउटा सुटकेस देखें,’ शेर्पाले राजधानीसँग भने, ‘त्यो सुटकेस देखेर यताउता कोही आउँछ कि भनेर ५–७ मिनेट पर्खिएँ, त्यसपछि कोही पनि नआएपछि त्यो सुटकेस खोलेर हेरें, भित्र पैसैपैसा देखेपछि कम्पनी प्रशासन र प्रहरीलाई एकैसाथ खबर गरें ।’ त्यस सुटकेसभित्र ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट पो रहेको आफूलाई पछि थाहा भएको शेर्पाले बताए ।

शेर्पाले आफ्नो पेसागत निष्ठा तथा व्यावसायिकता प्रमाणित गरेको भन्दै उनको इमानदारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ । उनको यो इमानदारी तथा व्यावसायिकताले सारा नेपाल र नेपालीको शिर उच्च बनाएको दूतावासले जनाएको छ । केही दिनअघि मात्र उनलाई कम्पनीका निर्देशक सिंह जसवंतले उपहारसहित अवार्ड प्रदान गरेका थिए ।

अवार्ड प्रदान गर्दै कम्पनीका निर्देशक सिंह जसवंतले भने, ‘हाम्रो कम्पनीप्रतिको शेर्पाको वफादारी र इमानदारीको साँच्चै प्रशंसा गर्छौं ।’ यस घटनाले नेपाली कामदार इमानदार हुन्छन् भन्ने उदारणसमेत दिएको रोजगारदाता कम्पनीले जनाएको छ ।

ए फाइभ सेक्युरिटी सर्भिसमा काम गर्दै आएका उनले आफूले आफ्नो काम र जिम्मेवारी पूरा गरेको बताए । उनलाई देश विदेशबाट सम्मान गर्नुका साथै सम्मान थाप्न भ्याइनभ्याइ छ । उनी मलेसियाका विभिन्न सञ्चारमाध्यमको नजरमा परेका छन् भने सामाजिक सञ्जालभरी छाएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट