sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:0३
नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध

नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम बहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध भएका छन् । बिहीबारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्द सत्रबाट संविधानसभा सदस्य समेत रहेका गिरी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

नेकपा एमाले झापाका जिल्ला स्तरीय एक नेताले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीको अध्यक्षतामा नेतृत्व चयन गर्न निर्देशन दिएसँगै पाँच जनाको अध्यक्ष सहित पाँच जना निर्विरोध भएका हुन् । उनका अनुसार उपाध्यक्ष असारु राजवंशी , सचिव तुलसी कार्की, उप सचिव खगेन्द्र नेपाल र उप सचिव अनिता कन्दङ्वा निर्विरोध भएका हुन् ।

अध्यक्षका लागि शिव ढुङ्गेलले दाबी गरेपनि ओलीको निर्देशनमा नेतृत्व चयन भएको बताइएको छ । यद्यपि निर्वाचन समितिले उनीहरूको नाम आधिकारिक रुपमा घोषणा भने गरेको छैन । बाँकी पदमा भने छलफल भइरहेको बताइएको छ ।
बिहीबारबाट शुरु भएको अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । गिरी एमाले अध्यक्ष ओलीका निकट मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ ।अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष गिरीले राजनीतिक प्रतिवेदन र सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid