May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १६:३८
दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार

काठमाडौं । सरकारले दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको प्रवक्ताले जानकारी दिएकी छन् ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन् ।

नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १० औँ वार्षिक साधारणसभामा शुक्रबार उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पनि वैदेशिक लगानी ल्याउन ऐन, कानूनहरू असहज रहेको भन्ने छलफल भएको भन्दै, दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिइन् ।

शर्माले भनिन्, ‘हिजोको मन्त्रिपरिषद्को बैठकमा पनि के कुरा भएको छ भने, कयौं हाम्रो वैदेशिक लगानीलाई ल्याउनका लागि हाम्रा ऐन, कानुन र नीति नियमहरू केही अलि असहज र अप्ठ्यारा छन् भन्ने कुरा पनि भएको छ । हामीले दर्जनभन्दा बढि कानुनहरू फास्ट ट्रयाकबाट संसोधन गर्ने भनेर तयारी गरिरहेका छौं ।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।