May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १६:५४
लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन् । यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने उनको धारणा छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने उनले बताइन् । तर, राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै उनले विरोध जनाइन् ।

‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ’ उनी थप्छिन्, ‘तर, स्थानीय प्रशासनले त्यस्तो (लोकल रक्सी) भाँडा फालिदिन्छ ।’

कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको भन्दै उनले यसलाई करको दायरामा ल्याउने नीति लिन सरकारलाई आग्रह गरिन् ।

साथै, गाँजा खेती खुलाउने उनको प्रस्ताव छ । गाँजा औषधिको रुपमा प्रयोग हुने, गाँजाको बोट धागोका लागि प्रयोग हुने उल्लेख गर्दै उनले भनिन्, ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौं । आर्थिक आम्दानी गर्न सक्छौं ।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट