राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतले वीर अस्पताल ध्वस्त बनाएको आरोप लगाएकी छिन्।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले वीर अस्पतालमा रहेका विभिन्न अभावहरूको तथ्यांक प्रस्तुत गर्दै वीर अस्पतालमा तत्काल स्वास्थ्य जनशक्ति थप गरी पूर्ण रूपमा सेवा सञ्चालन गर्न माग गरिन्। पूर्वस्वास्थ्यमन्त्री बस्नेतप्रति इंगित गर्दै उनले भनिन्, ‘यसअघिका स्वास्थ्यमन्त्रीले वीर अस्पताललाई ध्वस्त पारेर जानुभयो, २७६ जना जनशक्ति एकैपटक निकालिदिनुभयो।’
वीर अस्पतालका निम्ति स्वीकृत ८३१ जनशक्ति तत्काल थप गर्न समेत उनले माग गरिन्।