काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।
एक महिलाले आफूलाई बस्नेतले जबरजस्ती करणी गरेको भन्दै हुलाकमार्फत जाहेरी दिएकी हुन् । उक्त जाहेरी जिल्ला सरकारी वकिलबाट एक साताअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा आएको प्रहरीले जनाएको छ ।
हुलाकमार्फत आएको जाहेरी स्वतः दर्ता हुने भएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए । पीडित महिलाले दिएको जाहेरीअनुसार प्रमाण संकलन र अन्य अनुसन्धानको काम भइरहेको पनि प्रहरीले जनाएको छ ।