June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १२:४0
उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

काठमाडौं ः

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ।

मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ।

उपराष्ट्रपतिका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र प्रमिला कुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन्।

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने भन्दै प्रमिला यादवले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गरेकी छन्। तर, उनले उम्मेदवारी फिर्ता लिने निर्धारित समयभित्र फिर्ता नलिएका कारण उनको नाम र तस्बिर पनि मतपत्रमा राखिएको हो।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्।

शाक्यलाई एमालेको मात्रै समर्थन छ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता रहेका छन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।