sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्रोएशियामा राजदूतावास खोल्न माग

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १५:५१
क्रोएशियामा राजदूतावास खोल्न माग

काठमाडौँ — युरोप छिर्न चाहने नेपालीहरूको प्रमुख गन्तव्य बनेको युरोपेली देश क्रोएशियामा रहेका नेपालीहरुले राजदूतावास स्थापना गर्न माग गरेका छन् । उनीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै क्रोएशियामा राजदूतावास खोल्न माग गरेका हुन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई शुक्रबार क्रोएशियामा लामो समयदेखि व्यापार, व्यवसाय गर्दै आइरहेका समाजसेवी दावा लामाले एनआरएनए क्रोएशिया तथा त्यहाँ रहेका विभिन्न नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै राजदूतावास खोल्नका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

हाल क्रोएशियाको लागि अष्ट्रियामा रहेको नेपाली राजदूतावासले सहजीकरण गर्दै आइरहेको छ । क्रोएशियामा करिब २० हजारको संख्यामा नेपाली नागरिकले रोजगारी गरिरहेको र क्रोएशियामा राहदानी नवीकरण लगायतका काम गर्नका लागि समस्याको सामना गर्नुपरेकाले राजदूतावास आवश्यक रहेको भन्दै परराष्ट्रमन्त्रीसँग मागपत्र बुझाइएको हो ।

परराष्ट्रमन्त्रीसँगको भेट पश्चात क्रोएशियामा राजदूतावास स्थापना हुने कुरामा आफू आशावादी भएको लामाले बताए । मन्त्री श्रेष्ठले क्रोएशियामा रहेका नेपालीहरूको समस्याबारे आफू अवगत रहेको भन्दै राजदूतावास स्थापनाको लागी सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid