sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ 0७:४१
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ । गएराति भएको खेलमा राजस्थानले लखनउलाई सात विकेटले हरायो ।

लखनउले दिएको एक सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानका कप्तान सञ्जु स्यामसन ७१ रन बनाउँदै अविजित रहे । त्यसअघि लखनऊमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । लखनऊका कप्तान केएल राहुलले ७६ रन बनाए ।

जितपछि राजस्थान नौ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लखनऊ नौ खेलमा १० अङ्कसहित चौथोमा छ । त्यसअघि हिजो भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले हराएको छ । दिल्लीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जितसँगै १० खेलबाट १० अङ्क जोडेको दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । नौ खेलमा मुम्बई छ अङ्कसहित नवौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बैंगलूरु (आरसीबी) तथा बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ 0७:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid