April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

बंगलादेशको प्रधानमन्त्रीले देश छाडेपछि कोशीको सीमानाकामा कडाई

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ १६:२५
बंगलादेशको प्रधानमन्त्रीले देश छाडेपछि कोशीको सीमानाकामा कडाई

झापा । आरक्षण विरुद्धको आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

सुरक्षा समितिमा बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउनेबारे छलफल भएको सुरक्षा समितिमा सहभागी एकजना उच्च अधिकृतले बताए ।

सुरक्षा समितिमा छलफल भएपछि कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गरिएको छ । ‘निगरानी र चेकजाँच बढाउन भनिएको छ’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने, ‘पूर्वक्षेत्र बाहेक अरू प्रदेशमा पनि शंकास्पदहरुको निगरानी गर्न सर्कुलर गरिएको छ ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ‘लक्षित समूह र व्यक्तिहरू’ र भारतमा बस्ने बंगालीहरु नेपालमा आउने सक्ने सुरक्षा आकलन छ । नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्–‘रोहिंगाहरु पनि भारतको बाटो हुँदै नेपाल आउलान् भनेर सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।’

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ १६:२५

प्रतिक्रिया

नेपाल अपडेट