April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने

वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ २२:00
वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई

उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ । वायु प्रदुषण उच्च विन्दुमा पुगेकाले फोक्सोसँगै मानिसको आँखामा पनि समस्या देखिन थालेको छ ।

ग्यासबाट निस्कने विषाक्त धुँवा, धुलोका कण, विषक्त रसायन तथा दुर्गन्धका कारण वायु प्रदुषण बढीरहेको छ । सास फेर्ने क्रममा वायुसँगै यस्ता विषाक्त तत्व पनि हाम्रो शरीरमा प्रवेश भइरहेको हुन्छ ।

हाम्रो आँखा प्रदुषित बायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । हामी विषाक्त बायु फोक्सोमा इनहेल नहोस् भनेर हामी मास्क त प्रयोग गर्छौं,तर आँखाका लागि भने खासै ध्यान दिदैनौ । यही नै हाम्रो हेलचेक्रयाइं हो ।

एलर्जीदेखि संक्रमणसम्म

हामी आँखा झिमझिम गरिरहन्छौं । त्यसक्रममा एक मिनेटमा करिब १६ पटक मात्र आँखा बन्द रहन्छ । बाँकी समय आँखा वायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । यही कारण प्रदुषित बायुले आँखामा सिधै असर पार्छ र विभिन्न समस्या निम्त्याउँछ ।

‘प्रदुषणका कारण हुने आँखाको समस्या हेर्दा सानो लाग्छ । तर यसले दैनिक जीवनमा भने प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ’, तिलगंगा आखा अस्पतालका जनरल अपथाल्मोलोजिस्ट डा. होम बहादुर गुरुङ भन्छन् ।

डा। गुरुङका अनुसार बायु प्रदुषणका कारण आँखामा संक्रमण हुने तथा आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, विझाउने र रातो हुने गर्छ । त्यतिमात्र हैन, सडकबाट उडेको बालुवा तथा धुलोका कण मानिसकोे आँखामा टाँसिएमा त्यस्ता कण धोएर पनि पखालिदैनन् । त्यस्तो अवस्थामा अस्पताल पुग्नुको विकल्प रहँदैन ।

वायु प्रदुषणका कारण आँखामा समस्या भएमा आँखाको एलर्जीसमेत हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘एलर्जीक कञ्जक्टिभाइटिस’ भन्ने गरिन्छ । एलर्जीक कञ्जक्टिभाइटिस भएमा आँखा पोल्छ, चिलाउँछ, रातो हुन्छ र आखाको संक्रमणसमेत हुन्छ । आँखाको संक्रमण भएका मानिस स्कुल जान या काम गर्न सक्दैनन् ।

सामान्यतयाः हाम्रो आँखाको वीचमा आँशुको पत्र अर्थात ‘टियर फिल्म’ हुन्छ । जसले आँशु बग्न तथा आँखाको सफाई गर्न मद्दत गर्छ । हावा नै प्रदुषित भएको खण्डमा त्यसले आँखाभित्र रहेको आँशुको पत्रलाई समेत प्रभाव पार्छ । जसबाट आँखामा संक्रमण हुन्छ । आँखा सुख्खा हुन्छ, पोल्छ, चिलाउँछ, विझाउँछ र रातो हुन्छ । आँखा सुख्खा भएमा आँखा रातो हुन्छ, पोल्छ र बत्ती तथा उज्यालोमा हेर्ने नसक्ने हुन्छ ।

कन्ट्याक्ट लेन्समा पनि कष्ट

बजारमा विभिन्न कन्ट्याक्ट लेन्स पाइन्छ । आँखाको तेज बढाउन तथा आर्कषक देखीन अचेल युवक युवती कन्ट्याक्ट लेन्सको प्रयोग बढी मात्रामा गर्छन् । पछिल्लो समय काठमाडौ उपत्यकामा बढेको वायु प्रदुषणका कारण कन्ट्रयाक्ट लेन्स प्रयोगकर्तामासमेत समस्या देखिएको छ ।

हो, वायु प्रदुषणले कन्ट्याक्ट लेन्समासमेत असर पार्छ । यही कारण प्रदुषित वातावरणमा बस्नेहरुलाई कन्ट्याक्ट लेन्स प्रयोग गरेको एक, दुई घण्टाभित्रै आँखा पोल्ने तथा विझाउने गर्दछ ।

आँखाको बीच भागमा रहेको आशुको पत्रमार्फत आँखाले अक्सिजन प्राप्त गर्छ । तर कन्ट्याक्ट लेन्स लगाउनेको हकमा भने अक्सिजन बाहिरबाट लिनुपर्ने हुन्छ । ‘बाहिरको हावा नै प्रदुषित भएकाले आँखाले पर्याप्त मात्रामा अक्सिजन पाउन सक्दैन । जसका कारण आखा पोल्छ, चिलाउँछ, बिझाउँछ र कन्ट्याक्ट लेन्स सहन गर्ने क्षमता नै कम हुन्छ’, डा। गुरुङ अनलाइनखबरसित भन्छन् ।

कसरी बचाउने आँखा

वायु प्रदुषण कम गर्नु नै यसको दिर्घकालीन समाधान हो, जुन सानो प्रयासबाट सम्भव छैन । यसका लागि सरकार र सम्बन्धित निकायलाई घचघचाउँदै हाललाई हरेक व्यक्तिले केही सावधानी अपनाएमा आँखा जोगाउन सकिन्छ । बाहिर हिडदा सधैभरी चश्माको प्रयोग गर्ने गरौं । चस्माले धुलो छिर्न दिदैन र आँखाको सुरक्षा गर्दछ ।

बाहीर कतै गएर घर फर्किर्एपछि आँखालाई राम्ररी सफा गर्नुपर्छ । सामान्यतया हामी मुख धोएपछि मात्र आँखा सफा हुन्छ भन्ने सोच्छौ । खासमा जताततै उडीरहेको धुलो हाम्रो आखाको परेलीमा जमेर बस्छर त्यसबाटै संक्रमण हुन्छ । अतः सफा पानीले आँखाका साथै परेलीका डिलसमेत धुनुपर्छ ।
आँखामा जमेको कचरालाई सफा पानी तथा कृत्रिम आशुद्धारा सफा गर्न सकिन्छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ २२:00

प्रतिक्रिया

नेपाल अपडेट