April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बहुमत जुटाउँछौं सभामुखले राजीनामा दिनुपर्दैन : मुख्यमन्त्री थापा

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १४:४0
बहुमत जुटाउँछौं सभामुखले राजीनामा दिनुपर्दैन : मुख्यमन्त्री थापा
  • नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल गर्ने 
  • संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने
  • मुख्यमन्त्रीले पहिचान पक्षधरसँग संवाद गर्ने 

विराटनगर ।।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि कुरा गर्दै मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता दिने बताए । उनले अघि भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन ।

वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न प्रयास गर्छाैं ।’ यद्यपि प्रदेशको नाम फेर्न भने सहज नभएको उनले बताए । राजनीतिक सहमति र संविधानको तहबाट सामधान खोज्ने भन्दै मुख्यमन्त्री थापाले भने ‘प्रदेशसभामा दुई तिहाइ पुग्यो भने नाम संशोधन हुनसक्छ ।’ १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।

मुख्यमन्त्री थापाले संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने समेत बताए । कांग्रेस संसदीय दलका नेता समेत रहेका थापा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगै सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ र सभामुखलाई नजोड्ने हो भने सत्ता पक्षसँग ४६ मत मात्र छ ।

मुख्यमन्त्री थापाले भने सरकारका लागि सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको बताए । ‘३० दिनभित्र विश्वासको मत लिन्छौं, त्यसका आधारहरु बन्दैछ’ प्रदेशमा सर्वदलीय सरकार गठनका लागि समेत आफूहरु तयार रहेको भन्दै उनले भने, ‘सभामुखले राजीनामा दिनुपर्दैन ।’

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट