sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बहुमत जुटाउँछौं सभामुखले राजीनामा दिनुपर्दैन : मुख्यमन्त्री थापा

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १४:४0
बहुमत जुटाउँछौं सभामुखले राजीनामा दिनुपर्दैन : मुख्यमन्त्री थापा
  • नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल गर्ने 
  • संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने
  • मुख्यमन्त्रीले पहिचान पक्षधरसँग संवाद गर्ने 

विराटनगर ।।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि कुरा गर्दै मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता दिने बताए । उनले अघि भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन ।

वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न प्रयास गर्छाैं ।’ यद्यपि प्रदेशको नाम फेर्न भने सहज नभएको उनले बताए । राजनीतिक सहमति र संविधानको तहबाट सामधान खोज्ने भन्दै मुख्यमन्त्री थापाले भने ‘प्रदेशसभामा दुई तिहाइ पुग्यो भने नाम संशोधन हुनसक्छ ।’ १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।

मुख्यमन्त्री थापाले संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने समेत बताए । कांग्रेस संसदीय दलका नेता समेत रहेका थापा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगै सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ र सभामुखलाई नजोड्ने हो भने सत्ता पक्षसँग ४६ मत मात्र छ ।

मुख्यमन्त्री थापाले भने सरकारका लागि सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको बताए । ‘३० दिनभित्र विश्वासको मत लिन्छौं, त्यसका आधारहरु बन्दैछ’ प्रदेशमा सर्वदलीय सरकार गठनका लागि समेत आफूहरु तयार रहेको भन्दै उनले भने, ‘सभामुखले राजीनामा दिनुपर्दैन ।’

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid