

                                        काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनका सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाएर जवाफदेही बनाउने प्रस्ताव सांसदहरूले गरेका छन् । घटनाका क्रममा दुई जनाको ज्यान गएपछि सांसदहरूले पूर्वराजासँग संसदीय समितिमै सोधपुछ गर्नुपर्ने माग उठाएका छन् ।
कांग्रेस सांसद जीवन परियारले यस्तो प्रस्ताव राखेका हुन् ,उनले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन्।
उनले ज्ञानेन्द्रलाई आम नागरिक सरह मानेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै भने, “उहाँलाई पनि नागरिकलाई जति अधिकार छ, त्यति नै छ। तर लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन।”नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पनि पूर्वराजालाई तीनकुने घटनाबारे जवाफदेही बनाउनुपर्ने जोड दिएका छन्।
तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु, निजी सम्पत्तिमा क्षति र नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी भएको थियो।
