नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् । विपक्षी नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा १ हजार ६५३ मत खसेको थियो ।