May 1, 2025 | बिहिबार, बैशाख १९, २०८२
सुचनाहरु
सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा कक्षा १२को परिक्षा बैशाख २१ गते देखि नै हुने रोकिने भयो शिक्षकहरूको आन्दोलन, भोलि देखिनै पठनपाठन सुरु गर्ने  गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेलाई प्रधानमन्त्रीले दिए ‘मूर्खहरूको डफ्फा’ को संज्ञा  सुरक्षा पन्तको चौतर्फी आलोचनाका बिच बोले हृदयेन्द्र शाह रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ आज अक्षय तृतीया पर्व, यसरी मनाइँन्छ      ३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या

अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ 0९:५१
अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो ।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस.२००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।

यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो । रासस

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ 0९:५१

प्रतिक्रिया

नेपाल अपडेट