भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् ।
एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले जनाएका छन् ।
यसैबिच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मूमा ‘ब्ल्याक आउट’ भएको र साइरनको आवान सुनिएको जनाएका छन् ।