

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्रमहतो, चक्रघट्टा गाउँपालिका वडा नम्बर नौ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी […]
भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ । तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन […]
काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । यस अघि गएको मंगलवारदेखि बिहिवारसम्म लगातार घटेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन पनि घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव शुन्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल […]
कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने बताएका छन्। सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको बताएका हुन्। उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै […]
जनमत पार्टीले इलाम–२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । थाम्सुहाङ किरात लिम्बुवान प्रदेश नामाङकन अभियानका अध्यक्षसमेत हुन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले थाम्सुहाङलाई पहिचानवादीहरुको साझा उम्मेदवारको रुपमा अगाडि सारिएको बताए । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा रहेका उनीहरूलाई शनिबार हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक भण्डारी र पुजन अधिकारीलाई […]
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी टिआरसी विधेयक अन्तिम चरणमा पुगेको कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । महाशिला गाउँपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री गिरीले यस्तो बताएका हुन । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत खुलाएका छन् । मन्त्री गिरीले भनेका छन् , “विधेयकमा विभिन्न […]
काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनैपनि […]
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए। ‘नेपाललाई अझै पनि ऋणमा […]
काठमाडौँ । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् । ‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ । माघ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज केही राज्यमन्त्रीलाई थपेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रचण्डले आज जसपाका दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने […]