May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

रुस–यक्रेन युद्धमा ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो

  • साझा परिवेश
  • बुधबार, चैत्र ७, २०८० १0:१९
रुस–यक्रेन युद्धमा ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो

झापा । “बुढी  अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।”

लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–७, तापाका ३९ वर्षीय लालबहादुर साउदी अरबमा गाडीचालक थिए । स्वदेश फर्किएर कुखुरा, बाख्रा र माछापालन व्यवसाय गरेका लालबहादुर कुबेत जान भनेर काठमाडौँ पुगे । उनको भेट एजेन्टसँग भयो । एजेन्टले मासिक पाँच लाख रुपियाँ पाइने आकर्षण देखाएपछि उनी लोभिए र रुस पुगे । लालबहादुरकी पत्नी भुमाले भनिन्, “युद्ध क्षेत्रमा जाँदै छु भन्नुभएको थियो । आखिर उहाँको त्यही बोली नै अन्तिम भयो ।”

पति गुमाउँदाको अकल्पनीय पीडासँगै उनलाई ऋण तिर्ने पीडा पनि थपिएको छ । लालबहादुरले रुसी सेनामा भर्ती हुन लागेको भन्दै पत्नीलाई आफन्तसँग ऋण खोजेर पठाइदिन भनेका थिए । भुमाले नौ लाख रुपियाँ सरसापट गरी पठाइदिए । “अब ऋण कसरी तिर्ने होला ? ” उनले आँसु झार्दै भनिन्।

लालबहादुर १२ र १७ वर्षकी छोरी तथा १० वर्षका छोरा, पत्नी र आमाबाबुलाई छाडेर गत कात्तिक ३ गते दुबई हुँदै रुस पुगेको थियो । चैत २ गते नै भुमाले पतिवियोगको समाचार सुन्नु प¥यो । युद्ध भूमिबाट स्याङ्जाका साथीले फोन गरेर दुःखद समाचार भुमासम्म पु¥याइदिएका थिए ।

प्युठान नगरपालिका–४, काठेवरका २९ वर्षीय सोमेश सुनारको परिवार पनि यस्तै पीडामा छ । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएको डेढ महिनामै उनले जीवन गुमाउनु प¥यो । धन कमाउन डेढ वर्षअघि कतार पुग्नुभएका सोमेश त्यतैबाट रुसी सेनामा भर्ती भए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ७, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।