

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विराटनगर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र चिकित्सक शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । नियमित रुपमा पठनपाठन सञ्चालन गर्न माग गर्दै प्रतिष्ठानका चिकित्सा विद्यार्थीहरु अनशनमा बसेका छन् । आवश्यक वातावरण बनाएर यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू रिले अनशनमा बसेका हुन् । उनीहरु विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा […]
काठमाडौं । प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ—गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ । सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्स्एप, टिकटक लगायतको दुरुपयोग गरेर व्यक्तिको […]
विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबीच वार्ता गर्ने तयारी गरिएको छ । पहिचानसहित प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आन्दोलरत संयुक्त संघर्ष समिति तयार भएपछि वार्ता हुने भएको हो । केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा समितिले कुनै प्रतिक्रिया दिएको थिएन । समितिले बुधबार सरकारसँग वार्ता गर्ने […]
काठमाडौं । सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र उनीसँग मिलेमतो गर्ने लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो । दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने […]
संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर […]
काठमाडौँ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा […]
पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुईवटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४२ जना घाइते भएका छन् । बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो । विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि […]
गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको छ । संवैधानिक इजलासले बुधबार तत्कालिन मन्त्रिपरिषद्ले २०७८ वैशाख १३ गते गरेको ३ सय ४३ बिघा जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । जग्गा सट्टापट्टा गर्न स्वीकृत […]
तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो । नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रका संरचना भत्काएर राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताए । मुख्यबजार क्षेत्रका […]
काठमाडौं । सेयर बजार कारोबारमा बुधबार सुधार छ । परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ भएको छ । ३ सय १३ वटा कम्पनीको सेयर कारोबारमा १ सय ६८ का लगानीकर्ताले कमाएका छन् । दुई लघुवित्त र तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र […]
मधेश प्रदेशसभा सचिवालयले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरेको छ । माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् । २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो ।