

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती ‘गौशाला २६’ भन्दै सामाजिक संजालमा पहिचान खुलाउने खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाएको छ। गौशाला-२६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै ब्युरोमा एक जाहेरी समेत परेकाले त्यसरी तस्बिरहरू राख्नेकहरुको खोजी भइरहेको ब्युरो स्रोतले जनाएको छ। ‘दुई वटा कसुरमा अनुसन्धान गरिदिन उल्लेख गर्दै जाहेरी […]
काठमाण्डाै – लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ । आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटेको दिन […]
चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो […]
काठमाण्डाै – विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनकाे असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएकाे छ । आज वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिनुभएको हो । उहाँले नेपालमा […]
काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा […]
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् । नेतृ राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने […]
टोकियो । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरि भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलात्कृत महिलाकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समितिका सदस्य दिवस सापकाेटालाइ कारबाही गरेकाे छ। दिवसले सामाजिक सञ्जाल एक्समा गाैशाला-२६काे तस्बिर पाेष्ट गरेकाे भन्दै पदीय जिम्मेवारीबाट निलम्बन गरिएकाे रास्वपाले जनाएकाे छ। ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू […]
भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो । प्रदेश२–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज भएको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा […]
मलङ्गवा । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला […]
काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको […]