May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ : विश्व खाद्य तथा कृषि सङ्गठन

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १५:११
जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ : विश्व खाद्य तथा कृषि सङ्गठन

काठमाण्डाै – विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनकाे असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएकाे छ ।

आज वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिनुभएको हो । उहाँले नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिनुभयो । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

भेटमा वन तथा वातावरणमन्त्री महतोले खाद्य, जल, ऊर्जा, वन र जैविक विविधतालाई एकीकृत रूपमा अगाडि बढाउने कार्यक्रम नेपालजस्ता बहुआयामिक जोखिम भएका देशमा आवश्यक रहेको बताउनुभयो ।

विश्व खाद्य तथा कृषि सङ्गठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणका लागि काठमाण्डौ आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले आज दिउँसो भविष्यको स्मार्ट बाली सम्बन्धी नीति संवाद गर्दैछ ।

विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामीण विकासमा काम गरिरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।