

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए । ‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘रातिको समयमा घटना भएको […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो । यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा […]
काठमाडौँ — बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई निलम्बन गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट […]
विराटनगर । बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलको उडान आज पनि प्रभावित बन्ने भएको छ । उपर्युक्त भिजिबिलिटी नहुँदा हिजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो । हिजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौँ जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । […]
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको संगठनको भनाई छ । […]
विराटनगर । कोशीका पहाडी जिल्लाको मुख्य नगदे बालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रूपमा बढेको छ । अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो । यो वर्ष भने फेरि अलैँचीले […]
भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गरिएको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान […]
काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् । उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ । […]
भरतपुर । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा […]
मोरङ । कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्हेका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा.गौरी प्रधानले हस्ताक्षर गरे । दुई बिघा […]
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, […]
बुधबार शेयर बजार परिसूचक नेप्से ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले बढेर ३८६.३३ बिन्दुमा पुगेको छ । आज कुल ३०१ कम्पनीका १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजारमा किनबेच भयो । आज […]