

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ […]
काठमाण्डाै – कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाकाे फारम भरेकाहरु पनि समेटिने भएका छन् । वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको […]
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका ५० वर्षीय कामेश्वर शाह, बारा नै घर भएका २० वर्षीय मनिष सरार्फ र पर्सा घर भएका ३२ वर्षीय सुमनकुमार सरार्फ रहेका छन् । काठमाडौँको भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छली गरी बिलबिजक बिना […]
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन गरेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए । सहरी योजना आयोगका […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियामा विवाद आएपछि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सुधारेर सूचना प्रकाशन गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले आइतबार पुनः प्रकाशित सूचनाले त्रिविको उपकुलपति बन्न योग्य सबै उम्मेदवारलाई खुला गरे पनि छनोट गर्ने समितिका सदस्यहरूमाथि भने अझै पनि प्रश्न उठेको छ। यसअघि शुक्रबार […]
काठमाण्डाै – नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो । छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो । स्वास्थ्य तथा […]
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउने सम्बन्धी सूचना निकालेर आजदेखि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर आवेदन दिन भनेको हो । प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम […]
काठमाडौं । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो । मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । […]
काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला श्रम […]
इन्डियन आइडलमा गीत गाइरहँदा मेनुका पौडेलले गीतै भुलिन् । कार्यक्रममा अतिथिका रूपमा आएका सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुन्छ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै ठाउँबाट गीतलाई निरन्तरता दिन भने । शोकी जज श्रेया घोषालले पनि मेनुकालाई हौसला दिँदै तिमीले गीत पूरा गर्न सक्छौँ भन्दै गीत पूरा गाउन भनिन् । इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले सरकारका काम जनतासमक्ष र जनताका समस्या सरकारसमक्ष पु¥याउनुपर्ने बताउनुभयो । “सरकारी सञ्चारमाध्यम जनता र राज्यका पुल हुन्, जनताका गुनासा, आशा […]
मेष–मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन । वृष–अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको […]