

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो। यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा […]
भारत र श्रीलकाका विदेशमन्त्री नेपाल भ्रमणमा आउने बैठकमा सहभागी हुन नेपाल आउन लागेको जानकारी संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने काठमाडौं ।। भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल – भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी […]
काठमाडौँ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ । ‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरुलाई प्रहरीले […]
एकैदिन २७ जोडीले कानुनी विवाह गरे अदालतका नायव सुब्बा राजन खड्काद्वारा जानकारी कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढ्दो काठमाडौँ ।। जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी […]
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उनले बताए । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी […]
काठमाडौं । नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार नेपाल देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा सेवा आयअन्तर्गत भ्रमण आयमा ४७.२ प्रतिशतले वृद्धि भएर २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ […]
नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक एक्सनपूर्ण दृश्यसहितको टिजर सर्बत्र बजारमा टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित काठमाडौं ।। नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य […]
मेष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वृष–गरी आएको कामलाई निरन्तरता […]
विराटनगर । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश राईले […]
रकम लिएको आरोपमा एक पत्रकार पक्राउ सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गर्यो राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको खुलाशा काठमाडौँ ।। भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन […]
काठमाडौं । विदेशमा पढ्न जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा सो संख्या उल्लेख्य बढेको हो । चार महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ […]
महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा हुने सालिक राख्ने भन्दै आजको मिति तोके काठमाडौं ।। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा जारी गरेको […]