

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ। गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो। अनलाइनमा समस्या आएपछि विभागले श्रम स्वीकृतिका लागि डकुमेन्टहरू अपलोड नगर्न अनुरोध गरेको थियो। अहिले उक्त समस्या समाधान भएको भन्दै विभागले अब […]
हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकियो इजरायलले फेरि युद्ध सुरु गर्न थाल्यो काठमाडौं ।। हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच […]
केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखियो ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम काठमाडौं ।। समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । […]
सुनको मूल्य घट्यो चाँदीको बढ्यो सुनको मूल्य तोलामा एक लाख १९ हजार चाँदी २० रुपैयाँले बढ्यो काठमाडौं ।। साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज सुनको मूल्य तोलामा […]
समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवर्द्धन गर्ने संवैधानिक व्यवस्था तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरे काठमाडौं ।। नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा […]
रिक्त पदपूर्तिका लागि आवेदन माग खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने अनलाइनबाट आवेदन दिन सक्ने काठमाडौं ।। नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको […]
भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्यो चोरहरुले तामाको पानी खाने भाँडादेखि घडीसम्म उठाए ललितपुर ।। प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना […]
१७ गतेका लागि वार्षिक साधारणसभा बोलाइयो पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुने विवरणमाथि छलफल गरी सभाले पारित गर्ने काठमाडौं ।। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने […]
च्याङ्ग्रा बिकाउन लिलामीको सूचना च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्ने च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो काठमाडौं ।। दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ ।उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री […]
विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणविच भनाभन बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने दियो सूचना विराटनगर ।। विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक-अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र […]
काठमाडौँ । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड […]
पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश भिड्ने भएका छन् । फाइनल खेल आज पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुनेछ । आर्मीले पहिलो सेमिफाइनलमा बागमतीलाई हराएको थियो भने मधेसले एपीएफलाई पराजित गरेको थियो । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेताले ५ लाख […]