

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डाै – भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पहिलो तीन विकेट ४७ रनमा […]
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो । पुल निर्माण सम्पन्न भए पनि छोटो भएपछि बाँसको पुल बनाएर स्थानीय […]
काठमाण्डाै – सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् । गएको […]
काठमाडौँ । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् । यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क […]
काठमाडौँ । कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो । दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिनामा सार्वजनिक बिदा धेरै हुँदा घरजग्गाको कारोबारमा कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । विभागका असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा कात्तिकमा […]
काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ । ‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छौँ’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. […]
काठमाडौं। राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले राजनीतिक नेतृत्व र व्यापारीहरूसँग सेटिङ गरी ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति आर्जन गरेको पाइएको छ । यद्यपि, भ्रष्टाचार कार्यमा सेटिङ गरी अकुत सम्पति आर्जन गर्ने राजनीतिक […]
जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन्। […]
काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेसी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथि आजबाट सुनवाइ हुन लागेको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध […]
काठमाण्डाै – उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको […]
३ मंसिर, विराटनगर । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रोङ– ३ अर्याल चोकनजिकै ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका प्रहरीले जनाएको छ। धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको […]
छठ पर्वका अवसर सुनसरीको इनरुवास्थित सुनसरी खाेलाकाे स्वर्गद्वारी घाटमा अस्ताउँदाे सूर्यकाे पूजा गर्दै भक्तजन । तस्बिर : नवीन गड्तौला, रासस