

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् […]
काठमाडौं- नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का निर्माता हुन्। फिल्मको टाइटल घोषणा […]
काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।
झापा। लामो समयदेखि झापा सुरुङ्गामा सुन चाँदीको व्यवसाय गर्दै आएका पाथीभरा देवी ज्वेलरीका सञ्चालक नवराज बिमली (हेमु)ले करिब १ अर्ब भन्दा बढी रकम ठगी गरेर बेपत्ता बनेका छन् । सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिजुलीबाट ठगिनेहरूमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी देखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाईँ सम्म […]
बिर्तामोड । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय बाँडफाँड टुंग्याएका छन् । शनिबार बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए । जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १–१ मन्त्रालय पाउने नेता […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । “दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको […]
बर्दिया – बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका […]
काठमाण्डाै – तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय निर्धारण नगरेकाे भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे । काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह […]
२६ कात्तिक, काठमाडौं । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा […]
काठमाडौं । नेपाली सेनाको ‘मोची’ पदमा कार्यरत एक कर्मचारी नक्कली नोट कारोबार गरेको अभियोगमा पक्राउ परेका छन्। सेनाको पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो। उनी विरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ। प्रहरीसँगको बयानमा उनले साहुको ऋण तिर्नको लागि नक्कली नोटको कारोबारमा लागेको बयान […]
काठमाडौँ। आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई […]
काठमाडौं : तिहार बिदामा सर्वोच्च अदालत खुला हुने भएको छ। बन्दी प्रत्यक्षीकरण, रिट निवेदनमा सुनुवाइ गर्न अदालत तिहार बिदामा खुला रहने भएको हो। कार्त्तिक २६ गतेदेखि ३० गतेसम्मका लागि न्यायाधीशहरुको जिम्मेवारी तोकेको छ। सर्वोच्च अदालतका अनुसार कार्त्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान् सिंह,कार्त्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल,कार्त्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र […]