December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

झापामा जनप्रतिनिधिदेखि सर्वासाधारणको १ अर्ब बढी रकम ठगी सुनचाँदी व्यवसायी फरार

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १५:४८
झापामा जनप्रतिनिधिदेखि सर्वासाधारणको १ अर्ब बढी रकम ठगी सुनचाँदी व्यवसायी फरार

झापा। लामो समयदेखि झापा सुरुङ्गामा सुन चाँदीको व्यवसाय गर्दै आएका पाथीभरा देवी ज्वेलरीका सञ्चालक नवराज बिमली (हेमु)ले करिब १ अर्ब भन्दा बढी रकम ठगी गरेर बेपत्ता बनेका छन् ।

सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिजुलीबाट ठगिनेहरूमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी देखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाईँ सम्म ठगीमा पर्नुभएको छ । जनप्रतिनिधि हुनु भन्दा अगाडिदेखि कारोबार गर्दै आएकोले आफूहरू ठगिएको जनप्रतिनिधिहरूको गुनासो रहेको छ । नवराज बिमली भने गत कार्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारै बेपत्ता बनेका छन । उनीहरूबाट पीडित हुनेहरूमा हालसम्म ७० हजार रुपैयाँदेखि लिएर १ करोड १३ लाख सम्म ठगिएको बताएका छन् ।

उनीहरु सबैजनाले आफूहरू ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वडा कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन । भने आफूहरू ठगिएको भन्दै हेमु बिमली पीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् । झापा गाउँपालिका वडा नम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति समेत गठन गरिएको छ ।

हालसम्म आधिकारिक रुपमा २७ करोड रुपैयाँको भने प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरू सम्पर्कमा आएको संयोजक पोखरेलले बताउँनुभयो । यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाईँ भने बिमली दशैँलगत्तै सम्पर्क बाहिर रहेकोले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताउँनुभयो । यस अघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यावसायी सर्वसाधारणको करोडौँ रुपैयाँ ठगी गरेर फरार भएका थिए हाल उनीहरु दम्पती नै झापा जिल्ला कारागारमा रहेका छन्।
ठगीमा पारिनेहरूमा अधिकांशको कानुनी आधार समेत कमजोर भएको बताइएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।