

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
वराहक्षेत्र (सुनसरी), भदौ २७ गते । इटहरी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम उपमहानगरले लगाएको छ । सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपियाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका […]
काठमाडौं । प्राकृतिकरूपमै पनि दिनको समय काम गर्नका लागि अनि रातकाे समय सुत्नका लागि निर्धारित छ । जसबारे सनातनिक शास्त्रहरूमा पनि उल्लेख छ । तर, रातमा काम गर्ने कतिपय मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । उनीहरूकाे लागि दिउँसाेमा सुत्नु बाध्यता छ । रातिमा काम गर्ने बाहेककाे हकमा पनि कतिपय राति पनि […]
पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी कानुन विपरीत सुविधा लिएको ठहर गर्दै गाडी फिर्ता गर्न निर्देशन धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र […]
काठमाण्डौ – युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ । समूह ए को […]
फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् । फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ […]
पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ । गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको […]
काठमाडौं । दुई सातादेखि हराईरहेका डोल्पास्थित नेपाली सेनाका गुल्मपति मेजर बिमल पण्डित मृत अवस्थामा फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव फेला परेको हो । भेरीमा माछा मार्न गएकाहरुले खोलाको चेपमा शव देखेपछि प्रहरीलाई खबर गरेको र त्यसपछि गएको प्रहरी र नेपाली सेनाको टोलीले खोलाको चेपबाट शव निकालेर सदरमुकाम ल्याएको थियो । […]
लुम्बिनी, भदौ २७ गते । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको […]
सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन वकिलको कार्यालयमा बुझाउँदै सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरिंदै अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा […]
नयाँ दिल्ली : राजस्थानको भरतपुरमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार ट्रेलर र बसको ठक्करबाट यो दुर्घटना भएको हो । बीबीसीका अनुसार बसमा सवार मानिसहरु गुजरातको भावनगरबाट मथुरा जाँदै थिए । जयपुर-आग्रा राजमार्गमा बिहान करिब ५ बजे दुर्घटना भएको हो […]
धरान : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए। प्रहरीले उपमेयर बेघाका भाइ बिष्णु बेघासहित ८ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। उपमेयरका भाइ बिष्णुको समुह र सन्देश राईको समूहबीच झडप भएको […]
ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु १५ जना घाइते घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी धनगढी ।। भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो । जयपुर-आगरा सडक अन्तर्गत नदबई इलाकाको […]