

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सभापति चयन प्रक्रिया अघि बढाउन तीन राजनीतिक दल सहमत । दलहरुबीच सहमति नहुँदा सभापति चयन भएको छैन् । काठमाडौं ।। प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् । बुधबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया […]
ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत गए । कानून व्यवसायीहरुलाई झुटो मुद्दामा फसाइएको भन्दै नेपाल बार एसोसिएसनको आन्दोलन । काठमाडौं ।। काम गर्न असुरक्षा रहेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत गएका छन् ।न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ । […]
सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा लामिछाने सहभागी नहुने । सत्ता फेरबदलबारे सुनेपनि म कुनै बैठकमा गएको छैन : रवि धनगढी ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि […]
शीर्ष नेताहरुको बैठक जारी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् । काठमाडौं ।। संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ । सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री […]
पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका १ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर […]
मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । अरु अस्पतालमा लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो । धनुषा ।। जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य […]
विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । काठमाडौं । मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे […]
फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आठ जनालाई गोली लागेको थियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ । काठमाडौं ।। अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका […]
दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने । आउँदो साउन १ गतेदेखि लागू हुने छ । बुटवल ।। पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने […]
क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । यसपटक नेपालले उपाधि जित्दै ह्याट्रक गर्ने लक्ष्य राखेको छ । २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो । काठमाडौं ।। एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा […]
कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने निर्णय गरेको छ । कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास भएको छ । काठमाडौं ।। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा […]
समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नपाउने । काठमाडौं ।। निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको […]