

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
भैरहवा । प्रधानमन्त्रीको भारत भ्रमणपछि अब नेपाल–भारत सीमा क्षेत्र बेलहिया–सुनौली नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण हुने आशा पलाएको छ । निजी क्षेत्रले अब भने आइसिपी निर्माणको आशा पलाएको भन्दै कामले गति लिने अपेक्षा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आइसिपी उद्घाटन भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र […]
काठमाडौं ।। अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले जनाएको छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन । अमेरिकी जाँच एजेन्सी एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो । १२ जनवरी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन । योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ । सम्मेलनको पहिलो […]
तनहुँ। तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यास […]
चितवन। पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने […]
काठमाडौं । खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन् । सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् । सुर्खेत विमानस्थलमा ओर्ले लगत्तै प्रचण्ड सुर्खेत अस्पतालका निर्देशक डा. डम्बर खड्काको घर पुगेका छन् । प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री […]
काठमाडौं ।। ३४२ विद्यालयलाई सूचना २८ गतेभित्र विवरण पेस गर्नुपर्ने विवरण नदिएमा अनुमति वा स्वीकृति नै रद्द गरिदिने काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ । पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो । महानगरपालिकाले पहिलो पटक यही जेठ १० […]
काठमाडौं ।। जनकपुरधाम, मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जनाएको छ । पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले […]
काठमाडौं ।। संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ः११ बजे बस्दै छ । प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ । आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको […]
काठमाडौं ।। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका […]
काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु […]
ताप्लेजुङ । ताप्लेजुङमा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जिल्लाको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागी भएको थियो । आगलागीबाट स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आइतबार दिउँसो घरमा कोही नभएको समयमा भएको समयमा आगलागी भएको थयो । टिनको छानो भएको कच्ची घर भएकोले आगो निभाउन ढिला हुदा जलेर नष्ट […]