

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका मन्त्री जीवन आचार्यले अध्ययन गरेको विद्यालयमा पीउने […]
काठमाडौं ।। ’बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने नेपालभरका २५० जना शिक्षकहरुलाई प्रशिक्षण विद्यार्थीको सिकाइ सक्षमता विकास गर्ने राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक […]
काठमाडौं।। नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’ महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन […]
यस वर्ष देशभर झण्डै ६ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो। पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय […]
विराटनगर । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ । माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको माओवादी स्रोतले नेपाल प्रेसलाई बतायो । यसअघि नेपाली कांग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न दलको बैठकबाट निर्णय […]
काठमाडौं ।। ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो। अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब […]
काठमाडौं ।। आज जेठ २२ गते राष्ट्रिय बिमा संस्थानको विशेष साधारण सभा बस्दैछ । सभा संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकले आफ्नो लगानीको हिस्सा बापत हकप्रद सेयर मार्फत थप गर्नुपर्ने पुँजी वृद्धि गर्न आह्वान गर्ने […]
काठमाडौं ।। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए । […]
काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् । त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । उनले ‘भैँसी चढेर आएको’ शब्दावली हटाउन माग गरेका थिए । उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि कति वर्षको समयसीमा राख्ने भनेर सहमति खोज्नुपर्ने बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा संसदमा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मात्र यो विधेयक आएको बताए । केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा […]
काठमाडौं । मुर्रा राँगाको विषय आएपछि प्रतिनिधिसभामा हाँसो छाएको छ । प्रधानमन्त्रीले सम्बोधन टुग्याउँदै गर्दा फ्लोरबाट कसैले ’भैँसी, भैँसी’ भनेको थियो । त्यसपछि प्रधानमन्त्रीले ’भैँसी’ उच्चारण गर्ने बित्तिकै सांसदहरू हाँसेका थिए । “यो भैँसीको कुरा अहिले भएको कुरा होइन । सात वर्ष अगाडि नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ । आएको मात्रै अहिले हो […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो। सोमबार उक्त इजलासमा सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ताद्वय जनकप्रसाद घिमिरे र सीताराम अर्यालले बहस गर्न लागेका हुन्। यसअघि घिमिरेले आइतबार पनि बहस गरेका थिए। घिमिरे […]