

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थिक वर्ष २०८०/८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जनकपुरधामस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन यो नीति तथा कार्यक्रम ल्याउने योजना बनाएको उल्लेख […]
पोखरा । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जनकपुरधाम । दाइजोको निहुँमा एक महिलालाई श्रीमान्, ससुरा, सासु र देवरले आगो लगाएर हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेका हुन् । स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ । छातीको तल्लो […]
विराटनगर । धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ । विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् । राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई […]
मकवानपुर । बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा […]
काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा […]
जनकपुरधाम । श्रीमान शिवराज श्रेष्ठसँग मिलापत्र गरेर मिलेर बसेका कुमारी आमा भनेर चिनिने निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उनको आफ्नै डेरामा अचेत अवस्थामा रहेकी उनलाई प्रहरीले तत्काल खबर पाएसँगै उद्दार गरी प्रादेशिक अस्पताल पुर्याएको छ । स्थानीयले निहारिका डेरामा छटपटाई रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले […]
काठमाडौं । गायक प्रकाश सपुतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपुतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ ले त्यसको बराबरी गरेको हो । […]
बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने बृद्धभत्ता रोक्ने निश्चत रहेको बताएका छन् । बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने बताए । ‘यही […]
बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् । बारामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरे । संघीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थीत नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो ।
बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनुभएको छ। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। उहाँले […]