

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
धनगढी। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले भजनी नगरपालिका–३ को कुसुमघाटबाट घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरी र आरयन चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । […]
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् । शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् । बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । बिहीबार बारामा चुनावी सभालाई सम्बोधन गर्दै उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने त्यसका लागि पनि सरकारले काम गर्ने प्रतिबद्धता जनाए । गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएपछि […]
सिरहा । सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा […]
धनगढी । धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार सरकारी १७ विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्। सामुदायिक विद्यालयको नतिजा खस्कँदै गइरहेको अवस्थामा १७ वटा विद्यालयका कक्षा ८ का सबै विद्यार्थीले कक्षा ९ पढ्न […]
हुम्ला । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको छ भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली कोरिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साबिकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । जग्गा नामसारी गर्ने […]
चितवन । चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरु मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरु देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गत मङ्सिरको परिणामको रक्षा र नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दललाई गत मङ्सिरको परिणामलाई उल्ट्याउने चुनौती देखिएको […]
काठमाडौँ । तानसेन नगरपालिकाले बुधबारदेखि सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाका साथ अगाडी बढाएको संरचना […]
विराटनगर । प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्त्येष्टि शनिबार गरिने भएको छ । प्रदेशसभाले कोशी नाम राखेको विरोधमा विराटनगरमा चैत ५ गते भएको प्रदर्शनका क्रममा घाइते भएका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० गते मृत्यु भएको थियो । उनलाई नेपाल सरकारले सहिद घोषणा […]
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् । उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नव नियुक्त […]
तनहुँ । आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्रेको छ । पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका […]