काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका […]
काठमाण्डौँ । काठमाण्डौका न्यूरोडका बासिन्दाहरुले पैदलमार्ग बढाउने क्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । वडा नम्बर २२, २३ र २४ का स्थानीयले संयुक्त विज्ञप्ति निकालेर यस्तो आरोप लगाएका हुन् । मेयरले शाहले निकटका संचारकर्मीहरूलाई प्रयोग गरेर एकोहोरो ढङ्गले प्रचारप्रसार गर्ने र राजनीतिक दलका नेताविरूद्ध गाली गर्दै अशोभनिय कार्य गरेको […]
काठमाडौँ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्टान्न भोजनका साथ सम्मान गर्ने […]
काठमाडौँ । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रु र दुई वटा बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न १२ जनाको टोली स्थल मार्ग हुँदै नेपाल आइपुगेको हो । टोलीले आइतबारबाटै बेपत्ता यात्रु र बसको खोजी कार्य सुरु गर्नेछ । विभिन्न उपकरणसहित नेपाल आएको टोलीले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन् । विज्ञप्तिमा यस प्रकरणमा […]
काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]
गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार गृह मन्त्रालयमा भेटवार्ता भएको हाे। भेटका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।
काठमाडौँ। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै छ। श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो। समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने छ भने समूह चरणको […]
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम […]
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे। एमाले अध्यक्ष ओली ‘पहिलो र दोस्रो पटक प्रधानमन्त्री’ हुँदा पनि रिमाल नै राजनीतिक सल्लाहकार थिए। यसैगरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्। खतिवडा पूर्व […]
निर्माणाधीन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्। साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधीन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौँ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए। तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा […]