काठमाडौँ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
काठमाडौँ । डिजिटल रुपमा चल्तीको इसेवाको एप एकाएक प्लेस्टोरबाट हराएको छ । नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् । इसेवा कम्पनीका अनुसार विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको जनाएको छ । इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस […]
झापा । आरक्षण विरुद्धको आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए । सुरक्षा समितिमा बंगलादेशको […]
काठमाण्डौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई […]
बिर्तामोड । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले झापाका विद्यालयहरुमा धमाधम कमिटी गठन गरिरहेको छ । उसले संगठन विस्तार अभियान अन्तर्गत विद्यालय तथा क्याम्पसहरुमा कमिटी गठनलाई तीब्रता दिएको हो । बिर्तामोड–५ स्थित देवि माविमा उत्सव ढुंगेलको अध्यक्षतामा ७५ सदस्यीय इकाई कमिटी गठन गरेको अखिल (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । समितिको उपाध्यक्षहरु जेनि […]
काठमाडौँ । डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेंगीबाट एक जनाको मृत्यु भएको बताएको छ। गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्। डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, […]
काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् । उनले […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् । उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् […]
काठमाडौँ। नेपाली कला क्षेत्रका चर्चित गायक, गायिका तिलक बस्नेत र आरती मोक्तानको सुमधुर स्वर मा “यो माया मा रुन नपरोस्”बोल को लोकगीत सार्वजनिक भएको छ। “यो माया मा रुन नपरोस् ” बोल गितको भिडियोमा चर्चित मोडेल रोजेन सुन्दास,मनोज घिमिरे र अनिशाको दमदार अभिनय रहेको छ । साथै यस गीत को निर्देशक बिनोद सुन्दासले पनि निकै […]
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्न आदेश दिएका हुन्। सोमबार राष्ट्रपतिले राखेको बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका […]
मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ […]
दमक । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले आज सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गरेका थिए । शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५) को […]