काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेका छन् । जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि चैत ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । बिरामी […]
बझाङ । बझाङमा मानव बस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठिक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाव घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुटाइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा […]
पोखरा । भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु–१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ । मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु–१९ विश्वकपमा छनोटमा पुर्याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक […]
काठमाडौं चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने […]
कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण […]
कैलाली । जिल्लाको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको […]
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । […]
धरान। निर्माणाधीन ६ लेन सडक अन्तर्गत धरानमा सडक बाइपसा गरेर जानुपर्ने बताइएको छ । कोसी राजमार्गस्थित धरानको तीनकुने–जीरोप्वाइन्ट सडक खण्डमा सडक के गर्ने भन्नेबारे नेपाली कांग्रेसले सुझाव मागेको छ । कोसी राजमार्गबारे अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरूले सडक बाइपासको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. द्वारा सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा […]
काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो। सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै संगित भरेका छन्। शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी […]
विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानवादीको आन्दोलनको कारण विराटनगरमा अशान्ति छ । चैत ५ गते विराटनगरमा १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिले गरेको प्रदर्शन पनि अशान्त बन्यो । प्रदर्शनमा उग्र नाराबाजी भए । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर बनाउन चार राउण्ड हवाई फायर ग¥यो भने दर्जनौं सेल अश्रुग्याँस प्रहार भयो । प्रदर्शनकारीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा […]
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, […]
बुटवल । फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस क्लब सेमिफाइनलमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा फ्रेण्ड्सका डोना थापा र राफियो यमोनीले दोस्रो हाफमा गोल गरेका थिए । एपीएफको तर्फबाट […]