काठमाडौं । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजेका लागि […]
पाेखरा- पोखरामा यही माघ १ गते यति एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ। कास्कीको रूपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो। स्व केसी रूपा गाउँपालिका-३ पोल्याङ निवासी थिए। गाउँपालिकाले […]
एक नाबालिका गायीकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पल शाह भनिने पूर्ण बिक्रम शाहको मुद्दामा जिल्ला अदालत तनहुँले अन्तिम फैसला गरेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले आज अन्तिम आदेश दिँदै उनलाई सफाइ दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको […]
काठमाडौं । आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान […]
काठमाडौं। प्रतिनिधिसभा सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। संसद् सचिवालयले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज उम्मेदवारी दर्ता र माघ ५ बिहीबार प्रतिनिधिसभा सभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको हो। सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। बुधबार नै ४ बजेर १५ मिनेटमा […]
काठमाडौं । मन्त्रालय भागवण्डा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो । खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले बताए ।
काठमाडौं । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रेखा शर्मा […]
काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् । ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।
काठमाडौं। सत्ता साझेदार दलहरबीच मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन्। सोमबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो। भागबण्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्। मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ। मन्त्रालयको भागबण्डा सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री […]
काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदैछ । केहीबेरमा हेलिकप्टरबाट शव काठमाडौं ल्याउन लागिएको हो । पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा ल्याउन लागिएको हो । सनाखत भएका २२ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४८ शव काठमाडौं ल्याउन लागिएको हो । दुर्घटनाग्रस्त विमानमा चार जना चालक दलका […]
३ माघ, काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष […]