अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ । लोकसेवा आयोगबाट सीमित प्रतियोगिता गराई स्थायी गर्नका लागि पहल गर्न सङ्गठनले माग गरेको हो । […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् । गत भदौ २२ गते गठन गरिएको ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ । सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बनेका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा […]
डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला काठमाण्डाै – डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले बिहानैदेखि […]
धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराउनुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको पूजा गरेपश्चात् मन्दिरको परिक्रमा गर्नुभएको थियो । सो क्रममा उहाँले मन्दिर परिसरमा रहेका […]
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकले आफ्नी छोरी पास गराउन अर्की विद्यार्थीको उत्तरपुस्तिका साटेको विवाद बढेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरकी विद्यार्थी संन्ध्या कायस्थले फेरी परीक्षा दिनुपर्ने भएको छ । आफ्नी छोरीलाई पास गराउन उपप्राध्यापकले उत्तरपुस्तिका साटेका कारण जेहनदार विद्यार्थी कायस्थ फेल भएको दाबीसहित विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलनपछि भएको छलफलमा पुरानै सिम्बल नम्बरमा सन्ध्याले फेरी […]
काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायतको उपस्थिति काठमाण्डौ – काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद […]
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च २ र ३ मा ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको गर्ने निर्णय गरेको हो । बद्री समूहले एनआरएनएको एकता भंग गरेपछि अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको हो […]
काठमाण्डाै – अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ । गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नगरिने भएको हो । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको […]
काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘प्राप्त सूचनाका आधारमा […]
काठमाडौँ । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी छन्। न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक […]
काठमाडौँ/ पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो […]
काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र छेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो पनि छापावाल र तेजाबी सुनको मूल्य आजकै जति थियो । यस्तै, आज चाँदीको […]