April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:0९
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना

धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराउनुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको पूजा गरेपश्चात् मन्दिरको परिक्रमा गर्नुभएको थियो । सो क्रममा उहाँले मन्दिर परिसरमा रहेका सवा लाख शालिग्राम भगवानको दर्शनसमेत गर्नुभयो ।

उहाँले मन्दिर परिसरमा हुँदैआएको अखण्ड सीतारामको भजन कीर्तनमा समेत सहभागी हुनुभयो । राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्थ दासले फूलमालासहित खादा लगाएर सम्मान गर्नुभयो । आधा घण्टाका लागि मन्दिरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो ।

नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । राष्ट्रपति पौडेलले जानकी माताको दर्शन सकेर मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उहाँको सम्मानमा राख्नुभएको दिवाभोजमा सहभागी हुनुभयो ।

मधेश भवन परिसरमा राखिएको दिवाभोजमा सरिक भएकै समयमा राष्ट्रपति पौडेलसँग प्रदेश प्रमुखको भेटघाट भएको छ । लामो समयदेखि मधेशी जनताले प्रतीक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी माताको दर्शन गर्न सोमबार बिहान जनकपुरधाम आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई मुख्यमन्त्री सरोजकुमार यादवसहितले विशेष स्वागत गर्नुभयो ।

राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । सोही ठाउँमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम निर्धारण गरिएको जनकपुरधामका नगरप्रमुख मनोज साहले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।