काठमाण्डाै – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ । बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले […]
नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार काठमाडौं ।। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त […]
सेयर बजार दोहोरो अंकले बढ्यो बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकियो १ अर्ब ८४ लाख रुपैयाँको कारोबार लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए काठमाडौं ।। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.७१ प्रतिशतको वृद्धि हो । मंगलबार व्यापार, […]
सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३) को कारोबार सुरु कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थाल्यो भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गर्यो काठमाडौं ।। सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३)ले कारोबार सुरु गरेको छ । कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थालेको हो । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र सानिमा सेक्युरिटीजका […]
मंगलबार सुन र चाँदीको मूल्य घट्यो सुनको मूल्य तोलामा चार सय कम एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन १३ सय ९० रुपैयाँमा चाँदीको खरिद बिक्री काठमाडौं ।। मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ […]
काठमाडौं– राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार २० रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँको छाप रहेको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र […]
एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ब्यारलेको ८२ देखि ८६ डलरमा कारोबार भएको छ। एक साताको बीचमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८ डलरसम्म पुगेको थियो। ब्रेन्ट क्रुडमा शुक्रबार कच्चा तेल ब्यारेलको ८४.१५ डलरमा कारोबार भण्एको छ। यस्तै […]
काठमाण्डाै – बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको […]
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक […]
म्याग्दीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको चार करोड ६१ लाख रुपैयाँ रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी […]
काठमाडौं । सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन आइतबार ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको बजार आज ५.१९ अंकले बढेको हो। यसदिन २८६ कम्पनीको सेयर ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार १ अर्ब ८३ करोड ४ […]
१४ असोज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई […]