April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दोहोरो अंकले बढ्यो आज सेयर बजार

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १५:५४
दोहोरो अंकले बढ्यो आज सेयर बजार
  • सेयर बजार दोहोरो अंकले बढ्यो 
  • बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकियो 
  • १ अर्ब ८४ लाख रुपैयाँको कारोबार
  • लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए

 काठमाडौं ।।

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.७१ प्रतिशतको वृद्धि हो । मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ । मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए । साथै स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ । मंगलबार हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ८.५३ प्रतिशतले गुमाए । यसको मूल्य प्रतिकित्ता २६.५० रुपैयाँले घटेर २८४ रुपैयाँमा झरेको छ ।सुपरमाइ हाइड्रो, हिमालयन लघुवित्त वित्तीय संस्था, प्रभु बैंक डिभेञ्चर, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले समेत धेरै गुमाएका छन् ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।