स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग काठमाडौं ।। धनुषाको हंसपुर नगरपालिका-५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको […]
सभामुख देवराज घिमिरेसँग छलफल हुँदै दिउँसो ३ बजे सभामुखसँग भेट्ने विधेयकका प्राथमिकताबारे छलफल हुने काठमाडौं ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदनको प्रभावकारिताबारे सभामुख देवराज घिमिरेसँग छलफल गर्ने भएका छन् । आज दिउँसो सभामुखसँग छलफल गर्न लागेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा उनले सांसदहरूलाई जानकारी गराए । “दिउँसो ३ बजे सभामुखसँग छलफल […]
उमेदवारको प्रस्तावित नाम पठाउन माहतका कमिटीलाई निर्देशन नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइ पुग्ने गरी पठाउन निर्देशन १९ पदका निम्ति निर्वाचन हुन लाग्यो काठमाडौं ।। सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिसभाका उमेदवारको प्रस्तावित नाम पठाउन माहतका कमिटीलाई निर्देशन दिएको छ । बिहीबारको पदाधिकारी बैठकपछि प्रदेश तहमा ‘सर्कुलर’ पठाइएको हो । प्रदेशहरू एवं जनवर्गीय संगठन-मोर्चाहरूले समूहअनुसार संस्थागत […]
सर्वोच्च अदालतमा आज १० इजलास बस्यो प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाए काठमाडौं ।। सर्वोच्च अदालतमा आज १० इजलास बसेको छ । नवनियुक्त ६ न्यायाधीशसहितको इजलास बसेको हो । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्त भएका ६ न्यायाधीशलाई बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका थिए । नवनियुक्त न्यायाधीशहरूमध्ये बालकृष्ण ढकाल नहकुल सुवेदीसँगको इजलासमा परेका छन् । टेकप्रसाद ढुंगाना […]
स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताए संवैधानिक निकाय र नियामकले नै भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप वैदेशिक सहायताले देश विकासमा सहयोग पुगेको काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं सांसद स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले संवैधानिक निकाय र नियामकले नै कागज मिलाएर […]
अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताए उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधे काठमाडौं ।। संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक […]
विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो कानुनबमोजिम दण्ड सजाय हुने व्यहोराको जानकारी काठमाडौं ।। काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ । […]
प्रधानमन्त्री सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कने तयारी गर्दै विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा […]
पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गर्दै नमिलेका कुरा मिलाउन गम्भीर छलफल आवश्यक दाहालले पार्टीको बैठकमा पनि केही परिवर्तन हुने संकेत काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन् । मन्त्रीहरू परिवर्तन गर्न उनले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वसँग आवश्यक परामर्श गरिसकेका छन् । माओवादी केन्द्रबाट गएका सबै […]
प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयको प्रदर्शन जारी स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरियो जनकपुरधाम ।। धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले […]
अदालतका नवनियुक्त ६ न्यायाधीशले शपथ दिए राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिइयो काठमाडौं ।। सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशले शपथ दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् । सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर […]
फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय हरिबोल गजुरेलले पदबाट दिएको राजीनामाका विषयमा कुनै छलफल भएन काठमाडौँ ।। फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ। माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव […]