काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आक्रोश पोखेका हुन । उनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् । ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? […]
काठमाडौँ ।नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीका अनुसार शरणार्थी प्रकरणमा प्रतीक पनि संलग्न रहेका प्रमाण भेटेपछि उनविरुद्ध आज प्रकाउ पुर्जी जारी गरिएको हो । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि […]
काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् । यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रततिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन् । प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ […]
काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) को छपाइमा चालु ठेक्का पनि भेरिएसन गर्नुपर्ने भएको छ । समयसीमा छोटो र राहदानी छपाइको संख्या थोरै भएको जान्दाजान्दै सरकारले समयमै ठेक्का प्रक्रिया अघि नबढाइँदा भेरिएसनमा जानुपर्ने बाध्यता आइलागेको छ । सार्वजनिक खरिद ऐन–२०६३ मा खरिद सम्झौता गर्दा पूर्वानुमान गर्न नसकिएको १५ प्रतिशतसम्मको भेरिएसन सम्बन्धित विभागले नै र १५ भन्दा […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई जंगलमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो। निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्याएर छाडिएको छ। निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो । नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित […]
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफा घटेको छ । गत आर्थिक वर्ष २०७८-०७९ को नौ महिनाको अर्थात् चैत्र मसान्तसम्म कम्पनीको खुद नाफा पाँच अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्म कम्पनीले पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार […]
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा […]
काठमाडौं । माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ । अनलाइन फाराम मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं […]
जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीले कार्यान्वयन नगर्दा उनका बुवा हरिदेव ठाकुरको अंशमा पर्ने जमिन नै बिक्री भइसकेको छ । बिक्री मात्र होइन, हरिदेवका भाइ कमलदेवले बैंकमा धितो समेत राखिसकेका छन् । जग्गा रोक्का राख्ने विषयमा ०७६ चैत ३ गते अदालतले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । मालपोतले पत्र त बुझ्यो, तर […]
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलि (जेठ १) गतेदेखि लागु गरिँदै छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू यो प्रणालीमा स्वतः दर्ता […]