September 18, 2025 | बिहिबार, अशोज ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको, पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको, पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, “सरकार यताउता हुने कुरा भ्रम हो । वर्तमान सरकार पाँच वर्ष चल्छ ।” उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको […]

  • २ years अगाडि
दुई लाख रुपैयाँ अयोग्य लडाकुलाई तत्कालै दिनुपर्छ : सचिव पौडेल

दुई लाख रुपैयाँ अयोग्य लडाकुलाई तत्कालै दिनुपर्छ : सचिव पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिइनुपर्ने बताएका छन् । “यो यस अघिकै सरकारहरूले गरेको निर्णय हो । वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको हो,” उनले भने, “आयोग्य लडाकुहरूलाई दुई लाख […]

  • २ years अगाडि
आजै सरकारले महावीरसँग लिखित सहमति गर्ने : प्रधानमन्त्री प्रचण्ड

आजै सरकारले महावीरसँग लिखित सहमति गर्ने : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मातीघरमा धर्ना बस्नुअघि नै उनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसको बताए । महावीरले आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु […]

  • २ years अगाडि
‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथिको निरन्तरको प्रहारमा समेत सरकार मौन रहनुमा आश्चर्य बनाएको छ । लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधिलाई समेत सरकारले सुनेको नसुन्यै गरिरहेको छ । यसका विरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), नेपाल बैंकर्स संघ (एनबीए), विकास बैंक संघ लगायतका वित्तीय संघ-संगठनहरु […]

  • २ years अगाडि
पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल किसान संघको कार्यक्रममा उनले आफू झापा, इलाम, तेह्रथुम र पाँचथरका कार्यक्रममा जाँदा भएको ढुंगामुढामा उनीहरूको संलग्नता रहेको जिकिर गरेका हुन् । “कार्यक्रममा जाँदै […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अन्योलमा

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अन्योलमा

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मिति तय हुन ढिलाइ भएको छ । प्रचण्डले वैशाख अन्तिम साताभित्रै भारत भ्रमण गर्ने गरी तयारी भए पनि हालसम्म खासै प्रगति हुन नसकेको हो । यसअघि परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणमा ढिलाइ भएको बताइने गरिएको थियो । जसअनुसार सत्ता गठबन्धनले परराष्ट्र मन्त्री नियुक्त गरेर भ्रमणको तयारी गर्न मार्गप्रशस्त […]

  • २ years अगाडि
महावीर पुनसँग सरकारले थाल्यो वार्ता

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ । सरकारले खोज अनुसन्धान […]

  • २ years अगाडि
पानी नपाएपछि चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

पानी नपाएपछि चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट […]

  • २ years अगाडि
५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचिन मूर्तिहरू नेपाल फिर्ता भएका छन् । ५० वर्षभन्दा पहिले चोरी भएर अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता गरिएका हुन् । क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक सम्पदा हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ […]

  • २ years अगाडि
राजेन्द्र लिङ्देनदेखि गोविन्द केसीसम्म पुगे महावीरको आन्दोलनमा

राजेन्द्र लिङ्देनदेखि गोविन्द केसीसम्म पुगे महावीरको आन्दोलनमा

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको नेतृत्वमा भइरहेको प्रदर्शनमा विभिन्न राजनीतिक दल र सामाजिक व्याक्तित्वहरुले समर्थन जनाउँदै आएका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वास्थ्य अभियन्ता गोविन्द केसीले माइतीघर मण्डला पुगेर उनको धर्नामा सहभागिता जनाउँदै ऐक्यबद्धता जनाएका छन् । शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास […]

  • २ years अगाडि
बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

म्याग्दी । आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका ६ वर्षीय निमेश खड्का (नाम परिवर्तन)आफन्तको हत्याको अभियोगमा (कर्तव्य ज्यान मुद्धामा)आमा थुनामा (जेल) र बुबाको जेलमा नै मृत्यु भए पछि बिचल्लीमा परेका छन्। म्याग्दीको बेनी नगरपालिका–९,घतानका ६ वर्षीय अबोध बालक खड्का आमा र बुबाको अभिशप्त कर्मको फल भोग्दै बिचल्लीमा परेका हुन्। अबोध बालकको दयनीय अवस्था देख्न […]

  • २ years अगाडि
निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान

निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान

काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको खुलेको हो । गत वैशाख ७ गते अपराह्न निराको हत्या उनकै पसलमा भएको थियो । धारिलो चक्कु प्रयोग गरी करिब […]

  • २ years अगाडि

लोकप्रिय