काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित […]
काठमाण्डाै – पर्सि आइतवार हुने उपचुनावका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन थालिएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपचुनाव हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीसहित, मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन थालेका छन् । त्यस्तै, आवश्यक सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । पर्सि वैशाख १० गते हुने उपचुनावका लागि […]
काठमाडौं । रूसले जीटूजीमार्फत नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार भएको बताएको छ । रूसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिए । रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको हो । प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो। बुधबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ । त्यसअघि मंगलबार कामु […]
वीरेन्द्रनगर। कर्णालीमा मन्त्रिपरिषद्ले बिहीबार पूर्णता पाएको छ। यसअघि एमाले सरकारबाट बाहिरिएपछि काँग्रेस सरकारमा सहभागि भएको हो। बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषद् मा कांग्रेसका तीन र माओवादीका एक मन्त्री थपिएका छन्। नवनियुक्त चारै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। कांग्रेसबाट जाजरकोटका वेदराज सिंह आर्थिक मामिला तथा योजनामन्त्री, सुर्खेतका खड्गबहादुर पोखरेल सामाजिक […]
सरकारले जग्गाको कित्ताकाट खुलाएको छ। तपाईं यसलाई कत्तिको उपयुक्त ठान्नु हुन्छ ?कित्ताकाट लामो समयदेखि बन्द थियो। मन्त्रिपरिषद् बैठकले मंगलबार भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै खुला गरेको छ। सरकारले अहिले अफ्ठेरो परेको बेला छोटो अवधिका लागि कित्ताकाट खुलाउँदा राम्रै ठान्नुपर्छ। तर, यो समग्र अर्थतन्त्रका लागि दीर्घकालीन उपाय भने होइन। पछि गएर जग्गाको वर्गीकरण गर्नै पर्छ। […]
काठमाडौँ । वार्षिक परीक्षा सकिएपछि काठमाडौं आउनुभएका तनहुँका पदम थापालाई धरहरा चढ्न मन भयो । काठमाडौं घुम्नेक्रममा धरहरा चढेर मात्र घर फर्कने उहाँको मन छ । सुन्धारमा आएपछि धरहरा चढ्ने सुरले उहाँ त्यसतर्फ लाग्नुभयो । तर, सुरक्षा गार्डले धरहरा बनिसकेको छैन भन्दै फर्काइदिए । “धरहरा उद्घाटन भएको दुई वर्ष अघि नै सुनेको हो । अहिले […]
काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने […]
काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ । शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको महानगरपालिकाले जनाएको […]
बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने बृद्धभत्ता रोक्ने निश्चत रहेको बताएका छन् । बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने बताए । ‘यही […]
बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् । बारामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरे । संघीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका […]